गृहपृष्ठ ६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ
६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ
प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका-१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।
प्रहरीले उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।
उनीहरूमाथि बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रकाशित समय : २०:०६ बजे


















