गृहपृष्ठ सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य
सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ भन्ने मूल नाराका साथ बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवर्द्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल सेवाका लागि सहकार्य भएको छ ।
आज सनराइज बैंकको केन्द्रीय कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रमकाबीच सनराइज बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउनेछ भने सोको लागि प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।
प्रकाशित समय : १८:४२ बजे