global ime bank Long Banner Ad

गृहपृष्ठ फोन पेको प्रमुख व्यवसाय अधिकारीमा सुमित दास नियुक्त

फोन पेको प्रमुख व्यवसाय अधिकारीमा सुमित दास नियुक्त

फोन पेको प्रमुख व्यवसाय अधिकारीमा सुमित दास नियुक्त

भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिसको प्रमुख व्यवसाय अधिकारी (चिफ बिजनेस अफिसर)मा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोन पेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका हुन् । दास यसभन्दा अगाडि नेपालको कोकाकोलामा आबद्ध थिए । उनले कोकाकोलामा १२ वर्षभन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिंस इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेड लगायतको पद सम्हालेका थिए ।

फोन पेमा उनले बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्धन कार्य सम्हाल्ने छन् ।

डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्षअघि स्थापना भएको फोन पेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पेमार्फत कारोबार गरिरहेका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् ।

प्रकाशित समय : २३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु