काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्य बिमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

14.26K
shares

स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । यसअन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ । नेपाल सरकारले लागू गरेको उक्त बीमा योजनाअन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले एक लाखसम्मको बिमा सुविधा प्राप्त गर्दै आएको छ ।

यसअन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राही रहेका छन् । उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बिमाबोर्डको डिजिटलाइजेसनको यस कदमलाई बोेर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउने एक महत्वपूर्ण कोषे ढुंगाको रुपमा लिइएको छ । बीमीतहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएस ( www.connectips.com) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको 'Government of Nepal अन्तर्गत Health Insurance Board' छनोट गर्नुपर्ने हुन्छ ।

त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी 'Make Payment'मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नाम सहित जम्मा सदस्य संख्या यकीन गरी भुक्तानीको विवरण रुजु गरे पश्चात आफ्नो Transaction Password/ OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।