nmb bank

गृहपृष्ठ असिनाले खेतीबाली नष्ट

असिनाले खेतीबाली नष्ट

असिनाले खेतीबाली नष्ट

म्याग्दीका विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिकासहित रघुगंगा  मंगला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।

रघुगंगाकाे बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मंगलाकाे बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगंगा-३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मंगला-३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए ।

क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु