गृहपृष्ठ ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा
ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औंपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउनने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।
लहान नगरपालिका वडा नम्बर ८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । साथै, कटारी नगरपालिका वडा नम्बर ४ उदयपुरस्थित कटारी शाखाको उद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्रबहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १५:४७ बजे