global ime bank Long Banner Ad

गृहपृष्ठ उपकार लघुवित्तको आईपीओ बिक्री खुल्यो, चैत २९ गतेसम्म भर्न सकिने

उपकार लघुवित्तको आईपीओ बिक्री खुल्यो, चैत २९ गतेसम्म भर्न सकिने

उपकार लघुवित्तको आईपीओ बिक्री खुल्यो, चैत २९ गतेसम्म भर्न सकिने

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३६ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ । यो लघुवित्तको जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत बराबरको रकम हो ।

कम्पनीले चैत २५ गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जारी सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्काशन गरेको सेयरमा चैत २९ गते मंगलबारसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु