global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन

पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन

पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन

पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यवसायिकरूपमा सञ्चालनमा ल्याएको हो ।

इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्त रूपमा जीपलाइनको उद्घाटन गरेका हुन् । जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जीपलाइनले पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरे ।

अध्यक्ष गुरुङले भने, 'जीपलाइनले इच्छाकामनाको पर्यटकीयस्थल लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, त्रिशूली नदी र्‍याफ्टिङ सबै समेट्छ, यहाँ आउने पर्यटक माथितिरका अन्य पर्यटकीयस्थलको भ्रमण गर्ने र माथिबाट आएर गण्डकी गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन गर्न जाने हुँदा जीपलाइन सञ्चालनसँगै आर्थिक समृद्धिका लागि व्यवसायिकरूपमा साथै हरेक कुरामा टेवा पुग्ने विश्वास लिएको छु ।' गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताए । जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटल लगायतका व्यवसायीलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमूना भएको बताए । उनका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन चितवनको इच्छाकामना-३ चुमखोलाबाट गोरखाको गण्डकी-१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु