गृहपृष्ठ ८ महिनामा ३१ अर्बको मोबाइल आयात
८ महिनामा ३१ अर्बको मोबाइल आयात
चालु आर्थिक वर्षको पहिलो ८ महिना अर्थात साउनदेखि फागुनसम्मको अवधिमा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ८ महिनामा ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको मोबाइल आयात गरिएको हो ।
४२ लाख ६० हजार थान मोबइल सेट आयात गर्दा सरकारले ४ अर्ब ८९ करोड राजस्व पनि उठाएको छ । गत आर्थिक वर्षको यस्तै अवधिमा ४९ लाख ९३ हजार थान सेट आयात हुँदा २६ अर्ब ३० करोड बाहिरिएको थियो । त्यसबाट सरकारले ४ अर्ब १६ करोड राजस्व उठाएको थियो ।
यो वर्ष मोबाइल सेटको संख्या घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब ५ अर्ब रुपैयाँले बढेको छ । यसले नेपालमा गुणस्तरीय र महंगा स्मार्ट फोनको माग बढ्दै गएको देखाएको छ ।
आर्थिक अवस्था संकटग्रस्त बन्दै गएका बेला सरकारले महंगा मोवाइल आयातमा कडाइ गर्ने तयारी गरेको छ । तर माग भने महंगा स्मार्ट फोनको धेरै देखिन्छ ।
प्रकाशित समय : १४:२८ बजे



















