global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार मूल्य समायोजन भएको हो ।

आइएमई जनरलले ७ प्रतिशत बोनस सेयरको समायोजनपछि प्रतिकित्ता ६०२.८० रुपैयाँ मूल्य तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । बिहीबारको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरिएको हो । अब आइतबार समायोजित सेयरमूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख ९ गते लैनचौर बैंक्वेट्स, लैनचौँर काठमाडौंमा बिहान १० बजे २४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

प्रकाशित समय : ००:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु