global ime bank Long Banner Ad

गृहपृष्ठ रियलमीले नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ नेपालमा सार्वजनिक गर्ने

रियलमीले नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ नेपालमा सार्वजनिक गर्ने

रियलमीले नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ नेपालमा सार्वजनिक गर्ने

विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको समार्टफोन ब्रान्ड रियलमीले, नार्जो सिरीज अन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० 'Mighty Performance Booster' स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उत्साहीको मन जित्ने लक्ष्य लिएको छ । त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउँदैछ । सधैँ झैँ, रियलमीले विश्वभरका युवाहरुका लागि यी दुई फोनको साथमा एन्ट्री लेभल स्मार्टफोनहरु ल्याउनुका साथै 'DARE TO LEAP'ब्रान्ड अवधारणा समावेश गर्नेछ ।

रियलमी नार्जो ५०

रियलमी नार्जो ५० फ्लागशिप स्तर ५० एमपी क्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरीजअन्तर्गत यो स्मार्टफोन उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्रीय हुनेछ ।

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर Helio G96 साथमा आउनेछ । यसले पछिल्लो न्डछ भन्दा ४२ % कार्यसम्पादन वृद्धि देखाउँछ । विश्वव्यापी रुपमा युवा खेलाडीलाई सबैभन्दा सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले १८० हर्ज टच नमुना दर र १२० हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन अपनाएको छ । रियलमी नार्जो ५० मा मेगा ५००० एमएएच् ब्याट्री रहेको छ जसको साथमा नन-स्टप प्रयोगको मजा लिन सकिनेछ । सुपर पावर बचत मोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्त गर्न मद्दत गर्दछ । रियलमी नार्जो ५० दुई आकर्षक रङ्गहरु स्पीड ब्लाक र स्पीड ब्लु साथमा दुई स्टोरेज भेरियन्ट 4GB 64GB र 6GB 128GB उपलब्ध हुनेछ ।

रियलमी सी ३५

विश्वभरका युवा प्रयोगकर्तालाई छलांग अनुभव प्रदान गर्न, रियलमी सी ३५ ले पाँचवटा नयाँ सुविधा ८.१mm अल्ट्रा-स्लिम डाइनामिक ग्लोइङ डिजाइन, फ्लागशिप स्तरीय ५० एमपी क्यामेरा, ६.६ FHD फुलस्क्रिन ५००० एमएएच् ब्याट्री र TÜV Rheinland High Reaability certification प्रदान गर्नेछ ।

Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो । 
DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट-जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ । रियलमी सी३५ मा सी सिरीजअन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८फास्ट चार्जको फाइदा लिन सकिन्छ ।

रियलमी सी ३५ दुईवटा आकर्षक रङ, ग्लोइङ ब्लाक र ग्लोइङ ग्रीनको साथमा दुई स्टोरेज भेरियन्ट 4GB+64GBर4GB+128GB मा उपलब्ध हुनेछ ।

प्रकाशित समय : २३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु