गृहपृष्ठ सुरक्षा र आकाश अभिनित ‘निशब्द’ सार्वजनिक (भिडियोसहित)
सुरक्षा र आकाश अभिनित ‘निशब्द’ सार्वजनिक (भिडियोसहित)
नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन् । गायिका सेन्चुरीकै स्वरमा समावेश 'निशब्द' बोलको म्युजिक भिडियोमा उनीहरु देखिएका हुन् । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीत गरेका हुन् । राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ ।
बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।
भिडियो हेर्नुहोस्:
प्रकाशित समय : २१:२४ बजे



















