गृहपृष्ठ अमेरिकाको टेक्सासमा विमान दुर्घटना, २ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा विमान दुर्घटना, २ जनाको मृत्यु
अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मंगलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८ किलोमिटर०) पर रहेको मारलिन एयरपोर्टमा मंगलबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो ।
वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ७० गज ९६४ मिटर० टाढा दुर्घटनाग्रस्त भएको ह्युस्टन क्रनिकलको रिपोर्टले मार्लिन शहरका प्रबन्धक सेड्रिक डेभिसलाई उद्धृत गर्दै जनाएको छ । टेक्सासको सार्वजनिक सुरक्षा विभागका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय : १९:१८ बजे

















