nmb bank

गृहपृष्ठ गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग

चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमबीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अस्पताललाई सो सहयोग उपलब्ध गराएका हुन् ।

अधिकारीले उक्त सहयोगबाट अस्पतालले सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरू विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, वरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु