global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा लगातार पहिरो, थप ४६ अंकले घट्याे नेप्से

सेयर बजारमा लगातार पहिरो, थप ४६ अंकले घट्याे नेप्से

सेयर बजारमा लगातार पहिरो, थप ४६ अंकले घट्याे नेप्से

लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो । आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचकबाहेक अन्य सबै सूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ । अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बिमा समूहको २.९१ प्रतिशतले र फाइनान्स समूहको २.७२ अंकले घटेको छ ।

यस्तै हाइड्रोपावर समूहको सूचक २.१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १.८६ प्रतिशत र १.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । मंगलबार दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ ।

यसअघि, साेमबार नेप्सेमा १४.८८ अंकको गिरावट आउँदा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको थियाे । आइतबार भने नेप्से ३०.८९ अंकले घटेकाे थियाे । त्यस दिन १ अर्ब ४६ करोड ७ लाख रुपैयाँ बराबरका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर २८ हजार ११३ पटक किनबेच भएका थिए ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु