गृहपृष्ठ चोभार बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन
चोभार बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन
चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले वीरगञ्जबाट डिजिटल लक लगाएर काठमाडौँ आएको मालबाहक कन्टेनर प्रवेश गराएर चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् ।
गत असारमै निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको हो । बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन बनाईएको छ । कारोबारका लागि बैंक पनि पुगिसकेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार अब बन्दरगाह चलाउन कुनै समस्या छैन ।
यो बन्दरगाह विश्व बैंकको ऋण सहयोगमा बनेको हो । यसको लागत १ अर्ब ५३ करोड हो । २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा ५ सय ट्रक पार्किङ गर्न सकिने क्षमता छ । ४ वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड पनि बनाइएको छ । सवारी साधन प्रवेशका लागि ३ वटा गेट बनाइएका छन् ।
प्रकाशित समय : २१:२३ बजे



















