गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संध संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमकाबीच उक्त रकमको (चेक) हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नम्बर १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु