गृहपृष्ठ डिशहोमले ल्यायो १ वर्षमा २४ महिने योजना

डिशहोमले ल्यायो १ वर्षमा २४ महिने योजना

डिशहोमले ल्यायो १ वर्षमा २४ महिने योजना

डिशहोमले १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहक मध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्नेछन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानल रमाइलो एचडि, सरोकार टिभि, रियालिटि टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने कम्पनीको भनाइ छ । १ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख रुपैयाँ जित्ने यो योजनाको फाइदा  चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकले लिन सक्नेछन् ।

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नम्बर १ टेलिभिजन सेवा प्रदायक हो साथै डीटीएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले  फाइवरमार्फत डिशहोम फाइवरनेट ब्राण्ड नेम मा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु