काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाँकेकाे नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

11.63K
shares

बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख इन्सपेक्टर वसन्त गौतमले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट करिब १८ लाखको क्षति भएको आकलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताए । गर्मीयाममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ ।