global ime bank Long Banner Ad

गृहपृष्ठ लेटाङ घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

लेटाङ घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

लेटाङ घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

मोरङको लेटाङमा भएको हिंसात्मक घटनाको दुई सातापछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण गर्दा चैत ६ मा महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

ज्यान मुद्दा पर्नेमा लेटाङ-४ बस्ने ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, झविन भन्ने जस्विन पाख्रिन, प्रह्लाद खड्का, वडा ५ का २३ वर्षीय प्रदीप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर, सञ्जीव प्रधान, प्रनिश कट्टेल, सुनील लिम्बू, २० वर्षीय कृष्ण विक, वडा ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, पासाङ तामाङ, श्रवण यादव र वडा ९ बस्ने अर्पण परियारविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, संजोग राईसहित ४३ जनाविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेकामध्ये १० विद्यार्थी छन् ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु