गृहपृष्ठ इन्डोनेसियामा १३ छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय
इन्डोनेसियामा १३ छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय
इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एकजना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ ।
बाडुङमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यूयोर्क पोष्टले जनाएको छ ।
अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ ।
प्रकाशित समय : १४:४६ बजे


















