गृहपृष्ठ इमरान खानद्वारा पाकिस्तानको संसद विघटन
इमरान खानद्वारा पाकिस्तानको संसद विघटन
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन् । आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुखले उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज गरेसँगै खानले संसद विघटन गरेका हुन् ।
संसद विघटन गर्दै प्रधानमन्त्री खानले देशबाशीलाई सम्बोधन गर्दै निर्वाचनको तयारीमा जान जनतालाई अपील समेत गरेका छन् ।
प्रकाशित समय : १९:३५ बजे


















