काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘भारत भ्रमणको बारेमा प्रधानमन्त्रीले वास्ता नगरेको भन्ने ओलीको भनाइ झूटो हो’

10.75K
shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई वास्ता नगरेको भन्ने आरोप असत्य भएको बताएका छन् ।

शनिबार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 'प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन । छलफलमा बोलाउनुभएन । फोनसमेत गर्नुभएन । वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्तहरुबाट भइरहेको छ । त्यो सरासर असत्य हो । झूट हो,' नेपाली कांग्रेसका प्रवक्ता डा. महतले भने 'प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको हो । उहाँले म बाहिर हुन्छु । आउन सक्दिन भन्नुभयो । आफू आउन नसक्ने । आउँदिनँ भन्ने अनि अहिले आरोप लगाउने ?'

पूर्वपरराष्ट्र मन्त्री डा. महतले नेपाली कांग्रेसले सधै सत्य  बोल्ने र बोलेअनुसार काम गर्ने गरेको पनि बताए । उनले नेपाली कांग्रेसले देशको हित र देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले भने, 'हामी सत्तामा हुँदा पनि नहुँदा पनि आफ्नो बोली, वचन र अडान फेर्दैनौँ  ।' उनले आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुसँग  नेपालका हित र चासोका विषय स्पष्ट राख्ने गरेको बताए । 'पूर्वप्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नुहुन्छ तर सम्बन्धित ठाँउमा कुरा राख्न सक्नुहुन्न । उहाँले राख्दै राख्नुभएन,' उनले भने ।

कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका  अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु उठाउने दावी गर्दै भने, 'उहाँले सबै कुरा उठाउनु हुन्छ । तत्काल भोलि नै टुंगो लाग्छ भन्ने होइन । तर विषय उठाउनु हुन्छ ।' उनले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको पनि दावी गरे ।

कांग्रेस प्रवक्ता महतले एमसीसीको प्रसंग निकाल्दै कम्युनिष्ट पार्टीहरुमा जे बिषयलाई पनि राष्ट्रियतासंग जोडेर जनता भड्काउने प्रवत्ति रहेको उल्लेख गरे । उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका सरकारहरुले समेत अगाडि  बढाएको एमसीसी अनुदान सहयोग सम्झाैताका बारेमा सो सम्भाैतामा उल्लेख नै नभएका  विषय उठाएर जनतालाई दिग्भ्रमित बनाउन खोजिएकाे बताए ।