काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दिपेन्द्र सिंह ऐरीको शतकमा मलेसियालाई २२४ रनको लक्ष्य

12.56K
shares

दिपेन्द्र सिंह ऐरीको आक्रामक शतकीय इनिङमा नेपालले मलेसियालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालको ठूलो स्कोरमा दिपेन्द्रले १ सय १० रनको अविजित इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको यो शतक नेपालका लागि चौथो शतक हो । यस्तै दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यस्तै रोहित पौडेलले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पुरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए ।

ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए ।