global ime bank Long Banner Ad

गृहपृष्ठ भोलिदेखि पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने व्यवसायीको चेतावनी

भोलिदेखि पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने व्यवसायीको चेतावनी

भोलिदेखि पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने व्यवसायीको चेतावनी

शनिबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौती गरेपछि आन्दोलित भएका ग्यास डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले भोलि अर्थात् चैत १८ गते कुनै पनि पेट्रोलियम पदार्थको ट्यांकर लोड/अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन् । यति गर्दा पनि माग सुनुवाई नभए चैत २० गतेबाट मुलुकभर एलपी ग्यास उद्योग र ग्याँस बिक्रेताहरूले सम्पूर्ण रुपमा आन्दोलन केन्द्रित गर्दै कुनै पनि डिलरबाट ग्यास बिक्री वितरण नगर्ने चेतावनी दिएको छ ।

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु