global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री देउवा नयाँदिल्लीमा : भारतीय राज्यमन्त्रीले गरे स्वागत, विदेशमन्त्रीले आजै भेट्ने

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा : भारतीय राज्यमन्त्रीले गरे स्वागत, विदेशमन्त्रीले आजै भेट्ने

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा : भारतीय राज्यमन्त्रीले गरे स्वागत, विदेशमन्त्रीले आजै भेट्ने

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् । नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ : ३० बजे भारतीय विदेशमन्त्री एस। जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ । शनिबार स्थानीय समय अनुसार विहान १० : ४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ : १० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल-भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ : १५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४ : ३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।

प्रकाशित समय : २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु