global ime bank Long Banner Ad

गृहपृष्ठ मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

वीरगन्ञ्ज महानगरपालिका-२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन भरतपुर महानगरपालिका-१५ ठेगाना भएका १९ वर्षीय निशान थापा र पर्सा वीरगन्ञ्ज महानगरपालिका-१५ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

वीरगन्ञ्ज महानगरपालिका-१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनीहरूलाई ग्यारेज नजिकबाट मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु