global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग

जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग

जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । लालबन्दि-११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप ५० हजार रूपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । जनता आधारभुत विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गरिएको जानकारी दिए । विद्यालयमा हाल २५३ विद्यार्थी छन् ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले 'निरन्तर सहयात्रा' भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा 'मासिक' रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु