गृहपृष्ठ नेपाल राष्ट्र बैंक वीरगंजद्वारा ‘ग्लोबल मनि विक २०२२’ कार्यक्रम सम्पन्न
नेपाल राष्ट्र बैंक वीरगंजद्वारा ‘ग्लोबल मनि विक २०२२’ कार्यक्रम सम्पन्न
नेपाल राष्ट्र बैंक वीरगंजले ग्लोबल मनी विक २०२२ कार्यक्रम सम्पन्न गरेको छ । क बर्गको कमर्शियल बैंकहरुसंगको संयुक्त आयोजना र पोखरिया नगरिपालिका, पर्साको समन्वयमा राष्ट्र बैंकले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमअन्तर्गत पोखरिया नगरपालिकास्थित जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन देव भट्टराईको सभापतित्व र पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण प्रसाद रौनियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सेन्चुरि कर्मसियल बैंक तथा प्राइम बैंक वीरगञ्ज शाखाका प्रमुख शिवनाथ प्रसाद साह र मेघनाथ सोनारले रेमिटेन्सको महत्व, पठाउने माध्यम तथा फाइदाको बारेमा वार्ता प्रस्तुत गरेका थिए । उनीहरुले रेमिटेन्स पठाउँदा बैद्य माध्यबाट पठाउन आग्रह गर्दै , हुण्डी जस्ता अवैद्यानिक माध्यमबाट पठाउदा ठगीमा परी सम्पत्तिको नास भई ढण्ड तथा सजायको भागिदार समेत बन्नसकिने भन्दै सजकता अपनाउनुपर्ने विचार राखे । साथै रेमिटेन्सबाट प्राप्त आयलाईलाई सही क्षेत्रमा लगानी शिक्षा, पूर्वाधार व्यवसाय तथा उत्पादन बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने धारण व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले उपस्थित जनमानसमा धन्यबाद ज्ञापन गर्दै हालको वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङको विकाससंगै बढेको अपराध र जोखिमको बारेमा धारणा राख्दै नगद कारोबार , लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैकिङ प्रणालीकै प्रयोग गर्न आग्रह गरे ।
साथै कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण प्रसाद रौनियारले स्थानीय तहमा बैंक वित्तीय संस्थाको उपस्थिति र पहुच बढेसँगै बैंक वित्तीय संस्थाले प्रदान गर्ने सुविधाको सदुपयेक गर्दै सबैले दैनिक वित्तीय कारोबारमा र रेमिटेन्स पठाउनेक्रममा बैकिङ प्रणालिबाट गर्न सुझाव दिए । साथै उनले बैकिङ प्रणालिको प्रयोग गरी आफूपनि सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्नपर्ने धारणा व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उप निर्देशक प्रियंका बस्न्यातले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखे। कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उप-निर्देशक सुधा श्रेष्ठ, का।मु उप-निर्देशक कृष्ण कुमार श्रेष्ठ, सहायक निर्देशक प्रदिप बानियाँ लयायत नेपाल राष्ट्र बैंकबाट 'क' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुको प्रतिनिधि र पोखरिया नगरपालिकाको विभिन्न १० वडाहरुका स्थानीय निवासीको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १७:०० बजे




















