global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सेञ्चुरी बैंकको नयाँ रिकरिङ निक्षेप खाता सञ्चालनमा

सेञ्चुरी बैंकको नयाँ रिकरिङ निक्षेप खाता सञ्चालनमा

सेञ्चुरी बैंकको नयाँ रिकरिङ निक्षेप खाता सञ्चालनमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण ९रेमिटान्स० प्राप्त गर्ने ग्राहकलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो ।

न्यूनतम एकहजार मै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ मुद्धतीमा खाता खोल्दाकै बखतको ब्याजदर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु