गृहपृष्ठ भन्सार छलीकाे ३० थान मोबाइलसहित पक्राउ

भन्सार छलीकाे ३० थान मोबाइलसहित पक्राउ

भन्सार छलीकाे ३० थान मोबाइलसहित पक्राउ

भन्सार छली चोरीपैठारी गरी ल्याईएका ३० थान मोबाइलसहित काठमाडौं नागार्जुन नगरपालिका-३, इचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोबाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३, स्वयम्भू हलचोकस्थित श्रेष्ठको एएस मोबाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याइएका विभिन्न कम्पनीका मोबाइल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको महाशाखाले जनाएकाे छ ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु