गृहपृष्ठ मुक्तिनाथ बैंकद्वारा ‘आइयू क्यूबस्याटस स्याटेलाइट’ निर्माण गर्न आर्थिक सहयोग
मुक्तिनाथ बैंकद्वारा ‘आइयू क्यूबस्याटस स्याटेलाइट’ निर्माण गर्न आर्थिक सहयोग
मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले काभ्रेस्थित काठमाडौं विश्वविद्यालय हाइस्कूललाई विद्यार्थीहरुद्वारा आइयू क्यूबस्याटस् स्याटेलाइट (IU Cubesats Satellite) निर्माण गर्नका लागि सहयोग गरेको छ ।
काठमाडौं विश्वविद्यालय हाइस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थी यस आइयू क्यूबस्याटस् स्याटेलाइटको निर्माणमा जुटेका छन् । उनीहरुका अनुसार सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ सालसम्म सम्पन्न भइसक्ने छ । बैंकले काठमाडौं विश्वविद्यालय हाइस्कूललाई यसै आइयू क्यूबस्याटस् स्याटेलाइट निर्माण कार्यको विभिन्न खर्चको प्रबन्ध गर्नका लागि ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख बजारीकरण प्रवद्र्धन तथा संस्थागत मामिला विभागबाट बसन्त बक्शी तथा विश्वविद्यालय हाइस्कूलका पदाधिकारीलगायत उपस्थित थिए ।
यस सहयोगबाट आइयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न जुटेका सबै विद्यार्थी र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषयप्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने अपेक्षा गरेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : २०:०६ बजे


















