global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनले महानगरको उम्मेदवार केन्द्रबाटै छान्ने, बाँकी तालमेलका लागि तल्लो तहमै संयन्त्र

सत्ता गठबन्धनले महानगरको उम्मेदवार केन्द्रबाटै छान्ने, बाँकी तालमेलका लागि तल्लो तहमै संयन्त्र

सत्ता गठबन्धनले महानगरको उम्मेदवार केन्द्रबाटै छान्ने, बाँकी तालमेलका लागि तल्लो तहमै संयन्त्र

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ ।  उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेल गर्ने निर्णय गरिएको छ ।

तालमेलसम्बन्धी निर्णय गर्न बालुवाटारमा बिहीबार बैठक बसेको थियाे । स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय भएकाे बैठकमा सहभागी एक नेताले बताए । 'महानगरको निर्णय माथिबाट, अन्य पालिकाका लागि तलै निर्णय गर्न सबै दलको संयन्त्र बनाउने सहमति भएको छ, उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुन: गठबन्धनको बैठक बस्ने बताइएको छ ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु