global ime bank Long Banner Ad

गृहपृष्ठ राइड सेयरिङमा नयाँ आयाम थप्दै ‘साहारा’

राइड सेयरिङमा नयाँ आयाम थप्दै ‘साहारा’

राइड सेयरिङमा नयाँ आयाम थप्दै ‘साहारा’

लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आकर्षण थप बढेको छ । आफ्नो कमाइ सबै आफैँले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् । विजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् । कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ ।

साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढी कमाउने राइडरहरु पनि रहेका छन् । एप चलाउन सजिलो हुनुका साथै निःशुल्क तालिम, कमिसन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् ।

नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु