गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको इलाम शाखाद्वारा बुढाथोकीलाई सम्मान
प्रभु महालक्ष्मी लाइफको इलाम शाखाद्वारा बुढाथोकीलाई सम्मान
काठमाडौं । कलाकार तथा समाजसेवी रमेश बुढाथोकीलाई सम्मान गरिएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी इलाम शाखाले बुढाथोकीलाई सम्मान गरेको हो । कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता, शाखा प्रमुख प्रवेश पराजुली, सिनियर एजेन्सी म्यानेजर सोम सुसेली लगायतले दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरेका हुन् ।
बुढाथोकीले भर्खरै ३० सेकेण्ड भित्र कागको आवाज निकालेर काग भेला पार्न सक्ने भन्दै विश्व किर्तिमान कायम गरेका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले इलाममा कम्पनीका एजेन्सी म्यानेजर, बरिष्ठ एजेन्सी म्यानेजर लगायतसँग कम्पनीको योजनाका बिषयमा समेत चर्चा गरिएको थियो ।
प्रकाशित समय : १६:०७ बजे


















