global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो ।

रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको छ र केही दिनभित्र सम्झौता सम्पन्न हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, सम्झौता अझै अन्तिम चरणमा रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिने जनाइएको छ ।
यस सम्भावित सम्झौताले क्षेत्रीय शान्ति तथा आणविक कार्यक्रमसम्बन्धी चासोलाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, यस विषयमा विस्तृत सहमति सार्वजनिक भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना प्रतिनिधिहरूलाई वार्तामा धैर्यता र सावधानी अपनाउन सुझाव दिएको बताउनुभयो । उहाँले दुवै पक्षले पर्याप्त समय लिएर सोचविचारपूर्वक उचित निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गरेको छन ।
साथै, अमेरिकाले इरानका बन्दरगाहहरूमाथि लागू गरेको नाकाबन्दी सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म यथावत् रहने जानकारी पनि दिइएको छ ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु