गृहपृष्ठ त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : नेपालद्वारा पीएनजीलाई २०४ रनको लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : नेपालद्वारा पीएनजीलाई २०४ रनको लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : नेपालद्वारा पीएनजीलाई २०४ रनको लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो ।

दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले । यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए । त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

पीएनजीका काबुअ मोरेअले अन्तिम ओभरमा नेपालको ३ विकेट लिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १/१ विकेट लिए ।

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु