global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माग पूरा गरिदिए सरकारमा सहभागी हुन्छौँ : लोसपा

माग पूरा गरिदिए सरकारमा सहभागी हुन्छौँ : लोसपा

माग पूरा गरिदिए सरकारमा सहभागी हुन्छौँ : लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना माग पुरा गर्न सरकार तयार भए आफु सरकारमा जान तयार रहेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारमा छलफल गर्ने क्रममा लोसपा नेताले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेका हुन् ।

उनीहरुले नागरिकता समस्या समाधान र आफ्ना कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता गरिए सरकारमा सहभागी हुने जनाएका छन् । 

केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै लोसपाका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बबरमहलस्थित पार्टी कार्यालयमा उनीहरूले स्थानीय तह निर्वाचनको तयारी, पार्टीको गतिविधि, सरकारमा सहभागिताजस्ता विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग अपराह्न साढे ५ बजे लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, नेताहरू अनिल झा र सर्वेन्द्रनाथ शुक्लाले भेटेका हुन् ।

कांग्रेस र लोसपाबीच लामो समयसम्म सहकार्य गर्ने तयारी रहेको नेता शरतसिंह भण्डारीले बताए । 'स्थानीय तहको चुनावदेखि संघ र प्रदेशको चुनावसम्म तालमेल गर्ने कुरा भएको छ । आवश्यकताअनुसार सहकार्य गर्न सक्ने भनेका छौं,’ उनले भने ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु