nmb bank

गृहपृष्ठ भारतीय दूतावासले मनायो ५७औँ आइटेक दिवस

भारतीय दूतावासले मनायो ५७औँ आइटेक दिवस

भारतीय दूतावासले मनायो ५७औँ आइटेक दिवस

काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक)दिवस मनाएको छ । लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिती रहेको थियो । राजदूत क्वात्राले कार्यक्रमका प्रधानसेनापति शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-कुलपति प्राध्यापक डा. राम केवल साहलाई सम्मान गरेका थिए ।

राजदूत क्वात्राले आइटेकअन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक भएको जनाए । स्थापना भएको ५७ वर्षको अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।

प्रकाशित समय : २३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु