गृहपृष्ठ इन्धनकाे खपत घटाउन यस्ताे छ निगमकाे बुँदागत प्रस्ताव
इन्धनकाे खपत घटाउन यस्ताे छ निगमकाे बुँदागत प्रस्ताव
नेपाल आयल निगमले इन्धनको खपत घटाउन बुँदागत रूपमा विभिन्न प्रस्ताव गरेकाे छ । यसअन्तर्गत शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिइनुपर्ने निगमकाे प्रस्ताव छ ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि बिदा थप्न सुझाव दिएको हो । बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । निजी र सरकारी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्न पनि निगमकाे प्रस्ताव छ । जोर-बिजोर प्रणालीले पेट्रोलियमको खपत कम हुन गई निगम र देशको व्यापार घाटामा सकारात्मक प्रभाव पर्ने निगमको ठम्याइ छ । त्यस्तै, सरकारले पेट्रोलियमबाट प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्ने निगमले माग गरेको छ ।
इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै निगमले यस्ताे प्रस्ताव मन्त्रालयमा पठाएको हो । निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाह गर्न र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्न पनि भनेको छ । पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न तथा विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव पनि निगमले उल्लेख गरेको छ ।
निगमकाे प्रस्ताव :
.jpg)
प्रकाशित समय : ००:२० बजे



















