गृहपृष्ठ नेप्सेमा दोहोरो अंककाे गिरावट
नेप्सेमा दोहोरो अंककाे गिरावट
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अंकले ओरालो लागेर दुई हजार ५२७.५८ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.१५ अंकले ओरालो लागेर ४७१.९३ मा झरेकाे छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता सेयर एक अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ मूल्यमा खरिद बिक्री भए । सेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३५ खर्ब ८६ अर्ब ८५ करोड ८८ लाख ७० हजार बराबर छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ । भने १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन २५.५२ अंकले ओरालो लाग्दा बैंकिङ ५.५४, व्यापार ०.५१, विकास बैंक २६.३५, जलविद्युत् १६.४८, वित्त १४.९६, निर्जीवन बीमा ७६.६९, उत्पादन १५.०१, अन्य २०.०५, लघुवित्त ३४.५४, जीवन बीमा २१९.६३, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.०९ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड ९१ लाख ९९ हजार बराबरको कारोबार भयो । यस्तै, ग्लोबल आइएमई बैंक सात करोड २६ लाख ७१ हजार ७९७, नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ५९ लाख ९९ हजार ८६७, जीवन विकास लघुवित्त पाँच करोड ७८ लाख ६३ हजार ४७२ र हिमालयन डिस्टिलरी पाँच करोड ६१ लाख ९४ हजार २३७ बराबर कारोबार भई शीर्ष पाँच स्थानमा रहेकाे छ ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, जाल्पा सामुदायिक लघुवित्त ४.०१ र समता घरेलु लघुवित्तका लगानीकर्ताले २.३४ प्रतिशतले कमाए ।
त्यस्तै, एनआईबिएल समृद्धि फण्ड दोस्रो ४.७३, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक ३.६८, नेपाल लाइफ इन्स्योरेन्स ३.६७, जीवन विकास लघुवित्त ३.६५, र आशा लघुवित्तका लगानीकर्ताले ३.५५ प्रतिशतले गुमाए ।
प्रकाशित समय : ००:२८ बजे


















