काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमालेको सरकार नबनेको भए ‘भ्युटावर’ बनाउने सोच आउने थिएन: ओली

15.06K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार नबनेको भए 'भ्युटावर' बनाउने सोच नआउने बताएका छन् । विकासको नाममा अनावश्यक 'भ्युटावर' बनाउने काम भइरहेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेको बेलामा ओलीले यस सम्बन्धी अवधारणको अपनत्व लिएका हुन् ।

'एमालेको सरकार बन्दैनथ्यो भने यतिको भ्युटावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच साधारणयता भन्ने हो भने आउने थिएन । किनभने विकास सम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए', मंगलबार तिलोत्तमा नगरपालिकाको व्यवसायिक बहुउद्देश्यीय भवन (भ्युटावर) उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने ।

ओलीले एमाले सरकार आएपछि देशमा विकास हुने गरेको बताए । 'हामी सरकारमा आएपछि देशभरिमा के भयो, देशको अवस्था । भारतबाट मात्रै निर्भर भइरहेको ठाउँमा चीनतिरबाट यातायात पारवाहन सन्धि सम्झौताहरु गर्ने, आवागमन दुवैतिरबाट खोल्ने, नाकाहरु खोल्ने । अहिले उत्तरका जिल्लाहरु पनि दुर्गम रहेका छैनन् । दुर्गमलाई पनि हामीले सुगम बनाएका छौँ', उनले भने ।

उनले २०५१ सालमा एमालेको सरकार बन्दाखेर हामीले 'आफ्नो गाउँ आफैं बनाऔँ' अभियान लगेर गाउँ-गाउँमा विकासको बेग्लै अभियान थालेको बताए । पछिल्लो पटक सरकारको नेतृत्व गरेको तीन वर्षमा विकासका लागि अन्तरिक्षमा आफ्नो स्पेस कायम गर्नेदेखि समुद्रमा अधिकार स्थापित गरिएको उनले बताए ।

आफूहरुले हामीले जल, आकाश, अन्तरिक्ष, जमिन, उद्योग, कृषि, पर्यटन, पूर्वाधार विकास, बिजुली उत्पादन, वितरण, आईटीको प्रयोग, डिजिटल नेपाल बनाउने कुरामा उन्नति गरेको उनको दाबी छ ।