काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न

11.76K
shares

हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे ।

१५० सीसीअन्तर्गत १५० देखि १८० सीसी सम्म र २५० सीसीअन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए । १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए । विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।

लकडाउन पश्चात पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो । यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताइएको छ । आगामी दिनमा यस प्रकारका मोटर स्पोर्ट्स इभेन्ट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।