global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

बन्दिपुर गाउँपालिकाले आज स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण  वितरण गरेको छ । एक्काइस २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो । गाउँपालिका मातहतका छवटै वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको १४ लाख र किसानको १४ लाख रुपैयाँ गरी कूल २८ लाख रुपैयाँको लागतमा उक्त सामाग्री खरिद गरेर ल्याइ वितरण गरिएको हो । 

व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । 'किसानलाई प्रोत्साहन गर्न अनुदानमा कृषि औजर उपलब्ध गराएका हौँ', उनले भने, 'किसानलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।'

मिनीटिलरले बाँझो जमिन जोत्ने र खेती लगाई धेरैभन्दा धेरै उत्पादन गरेर खाद्य बालीमा आत्मनिर्भर बन्न सहयोग पुर्याउने, व्यावसायिकरुपमा पशुपालन गरेका किसानलाई थोरै समयमा धेरै घाँस काट्न सकिने र छोटो समयमा कुटानी पिसानी गर्न सकिने भएकाले त्यस्ता उपकरण  वितरण गरिएको हो ।

खानेपानी आयोजना निर्माण

बन्दीपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको निर्माण भएको छ । खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । एक करोड ५१ लाख रुपैयाँको लागतमा निर्मित आयोजना  यही चैत १८ गते शभारम्भ गरिने आयोजनाका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । उक्त आयोजनाबाट वितरित खानेपानीबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका २२५ घरधुरी लाभान्वित हुनेछन् ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु