global ime bank Long Banner Ad

गृहपृष्ठ युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेकी छन् ।

'यस नेपाली' एजुकेशन एण्ड भिसा सर्भिसेजको नेपालस्थित कार्यालयको आज उद्घाटन गर्दै उनले दक्षता वृद्धि गरेर विदेशमै पलायन हुनुभन्दा स्वदेशमा फर्किएर समृद्धिका लागि योगदान दिन आग्रह गरीन् । राज्यमन्त्री यादवले नेपाल सरकारले हरेक पालिकास्तरमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरे पनि सम्बन्धित शिक्षक नपाउने अवस्थाको अन्त्यका लागि जनशक्ति उत्पादन गर्ने संस्थाले ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।

सो संस्थाका कार्यकारी निर्देशक रोशन भट्टराईले अष्ट्रेलियामा विगत छ वर्षदेखि काम गरेको अनुभवका आधारमा नेपालमा उचित परामर्श दिन सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सर्भिसेजले विद्यार्थी भिसा, टोफल, आइएलटीएसलगायत परामर्श सेवा दिनेछ । नेपाली विद्यार्थी उच्चशिक्षाका लागि सबैभन्दा बढी जाने गन्तव्य मुलुकमा अष्ट्रेलिया प्रमुख मानिन्छ ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु