global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच युगौँ पुरानो नेपाल-चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी थिइन् । साथै उनले नेपालको सामाजिक-आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा कृतज्ञता व्यक्त गरीन् ।

आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु