nmb bank

गृहपृष्ठ टीभीएलद्वारा नयाँ बर्षको ‘टीसीएसएलमय सुरुवात’ योजना सार्वजनिक

टीभीएलद्वारा नयाँ बर्षको ‘टीसीएसएलमय सुरुवात’ योजना सार्वजनिक

टीभीएलद्वारा नयाँ बर्षको ‘टीसीएसएलमय सुरुवात’ योजना सार्वजनिक

आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टीभी ब्राण्ड टीसीएलले नयाँ बर्षको 'टीसीएलमय सुरुवात' योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले टीसीएललका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले  जनाएको छ । कम्पनीकाअनुसार ग्राहकहरुले टेलिभिजनको खरिदमा ५९,००० रुपैयाँ सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा १९,००० रुपैयाँ को छुटका साथै १ थान टीभी स्टिक उपहार पनि पाउन सक्नेछन ।

त्यस्तै वाशिङ मेसिन खरिदमा २७,४०० रुपैयाँ सम्मको छुटका साथै ६ केजीको एरिअल वशिङ पाउडर उपहार पनि पाउन सक्नेछन। र रेफ्रिजरेटरको खरिदमा ३३,४०० रुपैयाँको  छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर  उपहार पनि पाउन सक्नेछन । त्यस्सै गरी एअर कन्डिसनरको खरिदमा ५३,७०० रुपैयाँ सम्मको  छुटका साथै ४,००० रुपैयाँ बराबरको निस्सुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन । र साथै वाटर डिस्पेन्सरको खरिदमा ४,९०० रुपैयाँ सम्मको  छुट र चेस्ट फ्रिजरको खरिदमा रु। १४,८००  सम्मको  छुट पाउन सक्नेछन ।

यसका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो  र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ । नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल सोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु