गृहपृष्ठ आईएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन
आईएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन
आईएमई जनरल इन्स्योरेन्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो ।
कम्पनीले १०स्४ को अनुपातमा ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो । हकप्रद सेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
प्रकाशित समय : १५:३६ बजे



















