global ime bank Long Banner Ad

गृहपृष्ठ ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

भारतीय ब्राण्ड ओडीसीले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । राजधानीको नक्सालस्थित सोरुमको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे ।

विद्युतीय सवारी साधन प्रयोगमा ढिलाइ गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था गर्न लागिएको बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरूले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडीसीका संस्थापक करनाकर रेड्डीले बताए । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक लक्ष्मण रायमाझीले बताए ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु