global ime bank Long Banner Ad

गृहपृष्ठ मुगु रास्वपा पार्टी सभापति पदमा बिर्खबहादुर मल्ल विजयी

मुगु रास्वपा पार्टी सभापति पदमा बिर्खबहादुर मल्ल विजयी

मुगु रास्वपा पार्टी सभापति पदमा बिर्खबहादुर मल्ल विजयी

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको पहिले अधिवेशन बाट सभापति पदमा बिर्खबहादुर मल्ल विजयी भएका छन् । प्रथम जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयनको लागि भएको मतदान प्रक्रिया मल्ल विजयी भएका हुन ।

मगंलबार निर्वाचनको मतगणना कार्यमा सभापति पदका उम्मेदवार बिर्ख बहादुर मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सुशील कुमार भामले जानकारी गराए ।

उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी विजय कुमार मल्लले १३ मत प्राप्त गरे । सचिव पदमा रामु विक २५ मतसहित निर्वाचित हुँदा नन्द बहादुर मल्लले २१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सदस्य पदमा जय धर्म जैसी ३९ मत, गोरख बहादुर कुमाईं ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका त्यसैगरी सदस्य पदमा अर्का उम्मेदवार खडक बहादुर शाहीले २९ मत प्राप्त गरेका छन् । रास्वपाको प्रथम जिल्ला अधिवेशनमा दुई दिन सम्म आपसी सहमति हुन नसेको मंगलबार निर्वाचन प्रक्रिया बाट नेतृत्व चयन गरिएको छ ।

निर्वाचित सभापति मल्ले आउँदा दिनमा पाटिमा अवद्ता भएका सदस्यहरूलाई समेटेर लिनुका साथै पार्टीलाई बलियो मजभुत र जिल्ला हुने भष्ट्रचार बेथिति, नागरिकमा हुने अन्यविरुद्ध लड्नुका साथै, जिल्ला भरि रहेका सबै बस्ती वडापालिका घण्टी मय बनाई निलो करान्ति बनाउनको लागि सबै सदस्यलाई आग्रह समेत गरेका छ । पुराना दलको हबिगत देखेर नयाँ रास्वपाको उदय भएको हो पार्टीको लक्ष्य उदश्य अनुसार अगाडि बढ्न सबैलाई निर्देशन दिएका छन् ।

प्रकाशित समय : ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु